गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घिउ
हेल्थ टिभी अनलाइन\काभ्रे : पाँचखाल नगरपलिका–८ ले मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घिउ वितरण गर्ने अभियान शुरु गरेको छ।
हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घिउ उपहार दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष सञ्जय तामाङले बताए। उनका अनुसार गर्भवती महिला र शिशु भएका महिलालाई मासिक एक क्रेट अण्डा र आधा केजी घिउ वितरण गर्न शुरु गरिएको छ।
गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराउन थालेदेखि सुनौलो हजार दिनसम्मका महिलालाई वडाले अण्डा र घिउ उपहार दिने अगरेको उनले बताए। त्यससँगै सुत्केरी आमालाई एक सेट कपडा र बच्चालाई सर्वोत्तम पिठोको समेत व्यवस्था गर्ने अभियानमा रहेको उनले बाए।
सुनौलो हजार दिनसम्म गर्नुपर्ने सबै प्रकारका सहयोगका लागि वडा कार्यालयले अभियान शुरु गर्ने वडाध्यक्ष तामाङको भनाइ छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा