इरानी स्वास्थ्य उपमन्त्रीलाई कोरोना भाइरस संक्रमण
इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।
इरानका स्वास्थ्य उपमन्त्रीलाई नयाँ कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका एक अधिकारीले मंगलबार जानकारी दिए। इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए। इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको यो पहिलो घटना हो।
स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, ‘कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर संक्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्यमन्त्री हरिर्चीको परीक्षण भएको र परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण