‘क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नुपर्छ’
हेल्थ टिभी अनलाइन\चितवन : गृहमन्त्री रामबहादुर थापा बादलले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
अस्पताल निरीक्षणपछि मंगलवार प्रतिक्रिया दिँदै थापाले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नुपर्ने बताएका हुन्। उनले अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्ने पनि बताए।
यसक्रममा अस्पतालका नवनियुक्त अध्यक्ष डा. निर्मल लामिछाने, कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य र कानुन अधिकृत गोकर्ण सापकोटाले अस्पतालका विषयमा जानकारी गराएका थिए।
तीन वर्षअघि सो अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी निगरानीमा राखेको थियो । त्यसपछि कार्यकारी निर्देशकमा आचार्य नियुक्त भएसँगै अस्पतालले सुधारको बाटो लिएको राससको समाचारमा उल्लेख छ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त