Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दैलेख कारागारका महिला कैदीमा मानसिक समस्या

दैलेख कारागारका महिला कैदीमा मानसिक समस्या

हेल्थ टिभी अनलाइन\दैलेख : जिल्ला कारागार दैलेखमा रहेका केही कैदीमा मानसिक समस्या देखिएको छ। नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा. आशिष दत्तले कारागारमा रहेका १२ कैदी र एक थुनुवा महिलामध्ये नौ जनामा यस्ताे समस्या देखिएकाे बताए।

बहुविवाहका लागि कैद सजाय भुक्तान गरिरहेका यी महिला मानसिक समस्यामा परेका हुन्। स्वास्थ्य सेवा कार्यालय दैलेखले गरेको कैदीलक्षित मानसिक स्वास्थ्य परीक्षणमा बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिलामा बढी समस्या देखिएको हो।

डा. दत्तका अनुसार कैदमा बसेकाको मानसिक स्वास्थ्य परीक्षण, अपराध हुँदाको अवस्था र मुद्दा किनारा लागिसकेपछिको मानसिक अवस्था कस्तो छ भन्नेबारे तीन दिनसम्म चिकित्सकद्वारा कैदीको अध्ययन गरिएको थियो। उनले बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिला कैदीमा मानसिक समस्या देखिएको बताए।

‘कैद भुक्तान भइसकेपछि श्रीमानसँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाले वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरले ती महिलामा मानसिक समस्या परेको हो’, दत्तले भने।

त्यसैगरी लागुऔषध ओसारपसार तथा दुव्र्यसनी मुद्दामा सजाय भोगिरहेका कैदीमा आत्तिने समस्या देखिएकाले बिरामीलाई औषधि सेवन गर्न सुझाव दिइएको छ। मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत कैदीबन्दीलाई लक्षित गरेर मानसिक स्वास्थ्य परीक्षण, परामर्श तथा औषधोपचार गरिएको दैलेख अस्पतालका डा. निरञ्जन पन्तले जानकारी दिए।

८० पुरुष र २० महिला गरी १०० जनाको क्षमता रहेको जिल्ला कारागारमा कैदी र थुनुवा गरी १४२ जना छन्। दुई नाबालक पनि आमाबाबुसँगै जेलजीवन बिताइरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार