दैलेख कारागारका महिला कैदीमा मानसिक समस्या
हेल्थ टिभी अनलाइन\दैलेख : जिल्ला कारागार दैलेखमा रहेका केही कैदीमा मानसिक समस्या देखिएको छ। नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा. आशिष दत्तले कारागारमा रहेका १२ कैदी र एक थुनुवा महिलामध्ये नौ जनामा यस्ताे समस्या देखिएकाे बताए।
बहुविवाहका लागि कैद सजाय भुक्तान गरिरहेका यी महिला मानसिक समस्यामा परेका हुन्। स्वास्थ्य सेवा कार्यालय दैलेखले गरेको कैदीलक्षित मानसिक स्वास्थ्य परीक्षणमा बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिलामा बढी समस्या देखिएको हो।
डा. दत्तका अनुसार कैदमा बसेकाको मानसिक स्वास्थ्य परीक्षण, अपराध हुँदाको अवस्था र मुद्दा किनारा लागिसकेपछिको मानसिक अवस्था कस्तो छ भन्नेबारे तीन दिनसम्म चिकित्सकद्वारा कैदीको अध्ययन गरिएको थियो। उनले बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिला कैदीमा मानसिक समस्या देखिएको बताए।
‘कैद भुक्तान भइसकेपछि श्रीमानसँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाले वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डरले ती महिलामा मानसिक समस्या परेको हो’, दत्तले भने।
त्यसैगरी लागुऔषध ओसारपसार तथा दुव्र्यसनी मुद्दामा सजाय भोगिरहेका कैदीमा आत्तिने समस्या देखिएकाले बिरामीलाई औषधि सेवन गर्न सुझाव दिइएको छ। मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत कैदीबन्दीलाई लक्षित गरेर मानसिक स्वास्थ्य परीक्षण, परामर्श तथा औषधोपचार गरिएको दैलेख अस्पतालका डा. निरञ्जन पन्तले जानकारी दिए।
८० पुरुष र २० महिला गरी १०० जनाको क्षमता रहेको जिल्ला कारागारमा कैदी र थुनुवा गरी १४२ जना छन्। दुई नाबालक पनि आमाबाबुसँगै जेलजीवन बिताइरहेका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त