अस्पताल निर्माण गर्न स्थानीयले दिए सात रोपनी जग्गा
हेल्थ टिभी अनलाइन\जुम्ला : कनकासुन्दरी गाउँपालिकाले इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा १५ शय्याको अस्पताल निर्माण अघि बढाएको छ।
अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले वडा नं ४ हाडसिञ्जामा सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए। रविलाल आचार्य र नाना आचार्यलगायतका स्थानीयवासीले १५ शय्याको अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन्।
२५ देखि ३० लाख रुपैयाँ मूल्य बराबरको जग्गामा तीन भवन बन्ने छन्। संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको उनले जानकारी दिए।
ल्याबमा चाहिने उपकरण आइसकेको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाले जनाएको छ। जनस्वास्थ्य प्रयोगशाला टेकुबाट चार लाख रूपैयाँ बराबरको ल्याबमा चाहिने उपकरण स्वास्थ्य चौकीमा पुगिसकेको छ।
जुम्लाका आठै स्थानीय तहमध्ये १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने पहिलो गाउँपालिका कनकासुन्दरी भएको उपाध्यायले जिकिर गरे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा