Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्व स्वास्थ्य संगठन भन्छ, विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ

विश्व स्वास्थ्य संगठन भन्छ, विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सम्भावित कोरोना भाइरस (कोभिड–१९) महामारीसँग जुझ्न विश्वव्यापी रूपमा थप तयारी गर्नुपर्ने जनाएको छ।

कोरोना भाइरसको प्रकोपलाई अहिले नै ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहे पनि राष्ट्रहरू ‘तयारीको चरणमा’ रहनुपर्ने डब्लूएचओले जनाएको हो।

श्वासप्रश्वासको समस्या उत्पन्न गराउने भाइरस प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ जसले चिन्ता बढाएको छ। सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोना भाइरसको पहिलो संक्रमण फेला परेको बताइएको छ।

ती सबै देशमा संक्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ। बहराइनका अधिकारीहरूका अनुसार संक्रमित व्यक्ति विद्यालयका बस चालक हुन्।

डब्लूएचओको भनाइ

डब्लूएचओका प्रमुखले सोमवार सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा इरान, इटली र दक्षिण कोरियामा देखा परेको कोरोनाभाइरसका नयाँ घटना ‘निकै चिन्ताजनक’ रहेको बताएका छन्।

‘के यो भाइरस महामारीका रूपमा फैलन सक्ने सम्भावना छ? पक्कै पनि छ’, उनले भने, ‘तर के हामी त्यहाँ पुगिसक्यौँ? हाम्रो मूल्याङ्कनले भन्छ, हालसम्म त्यस्तो भएको देखा परेको छैन।’

विश्वका विभिन्न भागहरूमा कुनै संक्रामक रोगले एकै पटक खतरा उत्पन्न गरायो भने त्यसलाई ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भनिन्छ। हालसम्म करिब ३० राष्ट्रमा उक्त भाइरसको संक्रमण भएका १,२०० भन्दा बढी घटना पुष्टि भइसकेको छ भने २० भन्दा बढीले ज्यान गुमाइसकेका छन्।
इटलीमा सोमवार तीन जनाको मृत्यु भएको छ।

यो सँगै त्यहाँ कोरोनाभाइरसका कारण ज्यान जानेको संख्या छ पुगेको छ। चीनबाट शुरु भएको भाइरसका कारण त्यहाँ हालसम्म करिब २६०० जनाले ज्यान गुमाएका छन्। त्यस्तै चीनमा करिब ७७,००० मा उक्त भाइरसको संक्रमण रहेको बताइएको छ।

बीबीसी नेपालीबाट

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि