इटालीमा कोरोना संक्रमणले चार जनाको मृत्यु
इटालीमा नयाँ कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको छ। उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लोपटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै संक्रमणबाट मृत्यु भएको हो।
इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो । यहाँ इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ भने सुरक्षा व्यवस्था कडा बनाएको छ।
इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर आइतबारसम्ममा १५० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको जानकारी दिए। युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्।
लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो गाउँ शहरलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झण्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन। स्थानीय अधिकारीहरूले बार, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् ।
कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेल स्थगन गरिएका छन्। मिलानको निकै लोकप्रिय ला स्कालामा सञ्चालित ओपेरा रद्द गरिएका छन्।
इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमितहरु लोम्बार्डीमा भेटिएका छन्। अधिकारीहरूले पहिलो कोरोना संक्रमित ३८ वर्षीय व्यक्तिमाथि कडा निगरानी गरिएको बताएका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त