Health TV Online
Health TV Online

स्वास्थ्य विभागको महानिर्देशकमा गैर चिकित्सक नियुक्त गरेको भन्दै चिकित्सक संघको विरोध

स्वास्थ्य विभागको महानिर्देशकमा गैर चिकित्सक नियुक्त गरेको भन्दै चिकित्सक संघको विरोध

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा गैर चिकित्सक नियुक्त गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयलाई यो निर्णय तत्काल सच्याउन समेत माग गरेको छ ।

गत ८ फागुनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको निमित्त महानिर्देशक पदमा महेन्द्रप्रसाद श्रेष्ठलाई नियुत्त गरेका थिए । तर श्रेष्ठले भने आजै मात्र विभागमा पदबहाली गरेका छन्।

संघले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यन्तै संवेदनशिल र प्राविधिक क्षेत्र भएकाले स्वास्थ्य सेवा विभागको स्थापनादेखि नै चिकित्सकहरुले नै नेतृत्व गर्दै आईरहेको जनाइएको छ।

यसैगरी विज्ञप्तिमा ‘स्वास्थ्य सेवा विभाग जस्तो महत्वपूर्ण संस्थामा चिकित्साक्षेत्रका विज्ञ चिकित्सकहरुले नेतृत्व लिई सम्पूर्ण चिकित्सकको भावना र मर्म अनुरुप कार्य गर्दै आईरहेको अवस्थामा गैर चिकित्सकको नेतृत्वले चिकित्सा ज्ञानको पूर्ण उपयोग गर्न नसक्ने र चिकित्सकहरुको भावना अनुरुप काम हुन नसक्ने नेपाल चिकित्सक संघको ठहर छ’ ,उल्लेख छ ।

यो निर्णयले सम्पूर्ण चिकित्सकको मनोबल गिरेको भन्दै संघले चिकित्सकलाई नै नेतृत्व दिने वातावरण बनाउन अपिल गरेको छ ।

Press Release of NMA 2076-11-12

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन