Health TV Online
Health TV Online

आठ करोडको उपकरण थप्दै भरतपुर अस्पताल

आठ करोडको उपकरण थप्दै भरतपुर अस्पताल

हेल्थ टिभी अनलाइन\चितवन : भरतपुर अस्पतालले सेवा थप चुस्त बनाउन आठ करोड हाराहारीको उपकरण खरिद कार्य अघि बढाएको छ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटबाट उपकरण खरिद एवं बिग्रिएका उपकरणको मर्मत गर्न लागिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

दुई वटा भिडियो एक्सरे, सघन उपचार कक्षमा प्रयोग हुने सिरिञ्ज पम्प, माइक्रोडेवराइडर सेट, मनिट र मुटुको भिडियो एक्सरे गर्ने उपकरणका लागि खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ। यस्तै शल्यक्रियामा प्रयोग हुने अपरेटिङ माइक्रोस्कोप, दुई थान एक्सरे मेशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको छ।

हाल अस्पतालमा एक थान मात्रै एक्सरे मेसिन चालु अवस्थामा छ। दैनिक १०० भन्दा बढीको एक्सरे गर्नुपर्ने हुन्छ। सिटीस्क्यान मर्मतका लागि आवश्यक उपकरणको बोलपत्र आह्वान भइसकेको जनाइएको छ। बजेटअभावमा सिटी स्क्यानमा समस्या आएको भए पनि मर्मत हुन सकेको थिएन।

यस्तै दाँत सफा गर्ने र मिलाउने डेन्टल स्पालर, कानको श्रवणशक्ति नाप्ने ट्याम्पानो मिटर, फोहोर व्यवस्थापनमा प्रयोग हुने अटोक्लेप, प्रयोगशालामा प्रयोग हुने अटोक्लेप, इण्डोस्कोपी, प्रोस्कोपीलगायतका उपकरणसमेत अस्पतालले खरिद गर्न लागेको छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीका अनुसार संघीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रकममध्येबाट ती उपकरण खरिद गर्न लागिएको हो। अस्पतालमा हाल ६०० शय्या सञ्चालनमा छन्। शय्याअनुसारको जनशक्ति र आवश्यक भौतिक पूर्वाधारको माग गरिएको उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार