Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोहलपुरमा ‘सिकेलसेल ल्याब’ स्थापना गरिँदै

कोहलपुरमा ‘सिकेलसेल ल्याब’ स्थापना गरिँदै

हेल्थ टिभी अनलाइन\बाँके :  थारू समुदायमा समस्याका रूपमा रहेको सिकलसेल एनिमिया उन्मूलनका लागि कोहलपुरमा ल्याब स्थापना गरिने भएको छ।

कोहलपुर नगरपालिकाले स्वास्थ्य मन्त्रालयको तीन करोड ३१ लाख १० हजार रूपैयाँमा सिकलसेल एनिमिया जाँचका लागि ल्याब स्थापना गरिँदैछ। सिकलसेलको पहिचान, नियन्त्रण र उन्मूलनका लागि ल्याब स्थापना गर्न स्वास्थ्य मन्त्रालयको विशेष अनुदानमा नगरपालिकाले ल्याब स्थापना गर्न लागेको हो।

गत वर्षदेखि नै ल्याब स्थापनाका लागि पहल गरेको नगरपालिकाले यो आर्थिक वर्षमा पहिलो किस्तास्वरुप एक करोड १० लाख बजेटसमेत प्राप्त गरेको छ। नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारूका अनुसार स्वास्थ्य मन्त्रालयले यो आर्थिक वर्षमा रु एक करोड १० लाख बजेट उपलब्ध गराएको हो।

उपप्रमुख थारूले सिकलसेल एनिमिया रोगको जाँच गर्ने मेसिन नहुँदा रोगको पहिचान गर्न समस्या भएपछि कोहलपुरमै ल्याब स्थापनाका लागि बजेटको माग गरेको बताइन्।

नगरपालिकाले गत वर्ष कोहलपुुर नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत थारू समुदायका एक हजार ३५२ जना बालबालिकाको रगतको नमुना जाँच गरेको थियो। जाँचका क्रममा १३२ जना बालबालिकामा सिकलसेल एनिमिया रोगको लक्षण पाइएको उपप्रमुख थारूले जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि