आफूलाई सवारीसाधन खरिद नगरेर गाउँपालिका उपाध्यक्षले किनिन् दुई एम्बुलेन्स
हेल्थ टिभी अनलाइन\काभ्रे : रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन किन्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरेकी छिन्।
आइतवार आयाेजित कार्यक्रममा वडा नं ५ र ११ लाई एम्बुलेन्स हस्तान्तरण गरिएकाे हाे। कर छुटमा २१ लाख ५२० रूपैयाँमा दुई एम्बुलेन्स खरिद गरिएको हो।
ती एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने बताइएकाे छ।
उपाध्यक्ष बर्तौलाले आफ्नो सुविधाभन्दा पनि पालिकावासीको आवश्यकता मध्यनजर गरी एम्बुलेन्स खरिद गरेको बताइन्। गाउँपालिकाले उपाध्यक्षलाई गाडी खरिद गर्न गत आर्थिक वर्षमै २६ लाख रूपैयाँ छुट्याएको थियो। गाउँपालिका अध्यक्ष दलबहादुर लामाले उपाध्यक्षले उदाहरणीय काम गरेकाे बताए।
बर्तौलाले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखिनै गाउँपालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेकी छैनन्।
उपाध्यक्ष बर्तौलाले आफूलाई आउने इन्धन खर्च पनि सामाजिक सेवामै खर्चिएकी छिन्। इन्धनबापत वार्षिकरूपमा आउने तीन लाख टुहरा तथा अपांगता भएका व्यक्तिलाई सहयोग गरेकी हुन्।
हालसम्म १४ विद्यालयका ४८ टुहुरा तथा अपांगता भएका बालबालिकालाई जनही छ हजार २५० रूपैयाँ सहयोग गरेको उनले बताइन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा