Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमण : दक्षिण कोरियामा बढेको बढ्यै, इटलीमा बढाइयो सतर्कता

कोरोना संक्रमण : दक्षिण कोरियामा बढेको बढ्यै, इटलीमा बढाइयो सतर्कता

कोरोना भाइरसबाट संक्रमण बढेपछि इटली र दक्षिण कोरियाका अधिकारीहरूले नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरेका छन्।

दक्षिण कोरियामा अहिलेसम्म ७६० जनामा संक्रमण भएको र तीमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ।

संक्रमित व्यक्तिको संख्या फेरि ह्वात्तै बढेको अधिकारीहरूले बताएका छन्। यो वृद्धिसँगै दक्षिण कोरियामा चीनबाहिर सर्वाधिक संक्रमित व्यक्तिको संख्या पुगेको छ।

संक्रमण बढेकोबढ्यै गर्न थालेपछि त्यहाँ ‘उच्चतम तह’ को सतर्कता घोषणा गरेर सरकारी अधिकारीहरू कोरोना भाइरस प्रकोप नियन्त्रण गर्न लागिपरेका छन्।

राष्ट्रपति मुन जे(इनले देश अहिले ‘गम्भीर मोड’ मा भएको बताउँदै प्रकोप नियन्त्रणको लडाइँका लागि अबका केही दिन निकै महत्त्वपूर्ण हुने बताएका छन्।

उनले सोमवार सरुवा रोगविज्ञहरूसँग भेटेर रोक फैलिन नदिने उपायबारे छलफल गर्न लागेको बताइएको छ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियामा ३८० जना विदेशीलाई क्वारेन्टाइनमा राखिएको छ।

कोरियन सेन्ट्रल ब्रोड्कास्टिङ स्टेशनका अनुसार विदेशबाट फर्किएका मानिस र असामान्य लक्षण देखिएका मानिसलाई अलग्ग राख्न थालिएको छ।

के गरिँदैछ इटलीमा?

इटलीका अधिकारीहरूले भेनिसमा भइरहेको एउटा मेला छोट्याइदिएका छन्।

भेनिस कार्निभल अब निर्धारित मितिभन्दा दुई दिनअघि नै सकिने अधिकारीहरूले बताए।

युरोपमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमण भएका मानिस इटलीमा फेला परेका छन्।

अहिलेसम्म त्यहाँ १५२ जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ। उक्त प्रकोपका कारण त्यहाँ तीन जनाले ज्यान गुमाएका छन्। मिलान र भेनिसमा कडा क्वारेन्टाइनको व्यवस्था गरिएको छ।

झन्डै ५० हजार सर्वसाधारण रहेको उत्तरी क्षेत्रका लोम्बर्डी र भेनटोजस्ता शहरबाट विशेष अनुमतिबिना बाहिर जान वा त्यहाँ पस्न नपाउने व्यवस्था गरिएको बताइएको छ।

ती क्षेत्रभन्दा बाहिर पनि व्यापार र विद्यालयहरू बन्द गरिएका छन् भने अन्य गतिविधिमा पनि रोक लगाइएको छ। प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ।

इटलीका अधिकारीहरूले यस्ता उपायबिना कोरोनाभाइरस नियन्त्रण गर्न नसकिने बताएका छन्। ‘यो भाइरस सर्ने सम्भावना निकै धेरै छ’,लोम्बर्डीका स्वास्थ्यप्रमुखले भने।

यसैबीच इटलीबाट हिँडेको रेलमा सवार दुई यात्रुमा कोरोनाभाइरस संक्रमणको प्रारम्भिक सङ्केत देखिएपछि त्यो रेललाई अस्ट्रियाको सीमामा रोकिएको छ।

बीबीसी नेपालीबाट

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन