Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर पीडित पत्रकार पौडेललाई स्पार्क अस्पतालको १ लाख सहयोग

क्यान्सर पीडित पत्रकार पौडेललाई स्पार्क अस्पतालको १ लाख सहयोग

हेल्थ टिभी अनलाइन /काठमाडौं:  क्यान्सर पीडित पत्रकार कमल पौडेललाई स्पार्क हेल्थ होम अस्पतालले एक लाख रुपैयाँ सहयोग गरेको छ । अस्पतालले आफनो २८ औं वार्षिकोत्सवको कार्यक्रम गर्न लाग्ने खर्च बराबरको रकम पत्रकार पौडेललाई सहयोग गरेको हो ।

अस्पतालले प्रत्येक वर्ष औपचारिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेकोमा यसपटक त्यो सम्पूर्ण कार्यक्रम स्थगित गरी त्यसमा लाग्ने खर्च पौडेललाई दिने निर्णय गरेको अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले बताए । सहयोग रकम कमल पौडेलका छोरा अभिन्न पौडेललाई अस्पतालका पदाधिकारीले हस्तान्तरण गरेका थिए ।

लामो समयदेखि पत्रकारितामा रहेका कमल पौडेल हाल विराटनगरस्थित मकालु टेलिभिजनमा समाचार प्रमुखको रुपमा कार्यरत थिए । उनी हाल सिभिल अस्पतालमा उपचाररत छन। उनका छोरा अभिन्नले स्पार्कको सहयोगले बुवाको उपचारका ठुलो सहयोग हुने बताए।

 

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्यले स्पार्क अस्पतालले पत्रकार पौडेललाई गरेको सहयोगको प्रशंसा गरेकी थिइन। उनले वाार्षकोत्सवमा खर्च हुने पैसा एक जना  पत्रकारका लागि लागि खर्च गरेर अस्पतालले उदाहरणीय काम गरेको बताइन्।

अस्पतालका निर्देशक रुपेश अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर आफनो अस्पतालले पत्रकार पौडेललाई सहयोग गरेको भन्दै अन्य संस्थाले पनि उनको सहयोगमा हात अघि बढाएमा पौडेललाई बचाउन सकिने बताए ।

यसैगरी कार्यक्रममा स्पार्क अस्पतालमै १२ वर्षदेखि हेल्परको रुपमा कार्यरत  क्यान्सरका बिरामी काजी महर्जनलाई पनि ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अस्पतालका गतिविधिकाबारेमा मेडिकल डाइरेक्टर डा सुनिल पौडेलले जानकारी गराएका थिए ।

अस्पतालले कुनै औपचारिक कार्यक्रम नगरे पनि निशुल्क शिविर र रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि