पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा चिकित्सकको परीक्षा रद्द
हेल्थ टिभी अनलाइन\काठमाडाैं : स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्न लागेको मास्टर इन डक्टरेट (एमडी) र मास्टर इन सर्जरी (एमएस) तहको परीक्षा रद्द भएको छ।
प्रतिष्ठानले पहिलो पटक शनिबारका लागि एमडी र एमएसको परीक्षा तोकेको थियो। प्रश्नपत्र बाहिरिएको भन्दै केही विद्यार्थीले बहिस्कार गरेपछि परीक्षा स्थगन भएको हो।
लोकसेवातर्फ नौ र खुल्लामा आठ गरी १७ सिटका लागि आवेदन दिएका एकहजार १२ जना उपस्थित भएकाे प्रतिष्ठानले जनाएकाे छ। सहभागीमध्ये केहीले प्रश्नपत्र बाहिरिएको र धाँधली भएको भन्दै परीक्षा बहिस्कार गरेपछि विवाद भएको थियो।
अमरसिंह नमुना मावि केन्द्रमा २ बजे हुने तय भए पनि एक घण्टा ढिलाे गरी ३ बजेमात्रै परीक्षा शुरु भएको थियो। प्रतिष्ठानले भने प्राविधिक कारणले परीक्षा स्थगित गरेको र अर्को सूचना प्रकाशन गरी परीक्षाको मिति तय हुने जनाएको छ।
हेर्नुहाेस् प्रतिष्ठानकाे सूचना–






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा