दक्षिण कोरियामा कोरोना संक्रमण : रोकिए ईपीएसमार्फत जाने नेपाली
हेल्थ टिभी अनलाइन\काठमाडाैं : ईपीएसमार्फत दक्षिण कोरिया जाने ४० नेपाली कामदारको उडान स्थगित भएको छ। दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि फागुन १८ गतेको उडान रोकिएको हो।
दक्षिण कोरियामा समेत कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले फागुन १८ गतेको प्रस्तावित उडान स्थगन भएको ईपीएस शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिए।
उनीहरूको उडान नेपालले नभई दक्षिण कोरियाले नै सारेको उनले बताए। कोरियास्थित दूतावाससँगको छलफलपछि उनीहरूको उडानको टुंगो लगाउने उनको भनाइ छ।
कोरोना भाइरसका कारण कोरियामा ४ जनाको मृत्यु भएको छ भने साढे ५०० मानिस संक्रमित छन्। संक्रमित हुनेमा बढी थेगु प्रान्तका रहेकोमा सो क्षेत्रलाई केन्द्रविन्दु मानिएको छ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त