Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दक्षिण कोरियामा कोरोना संक्रमण : रोकिए ईपीएसमार्फत जाने नेपाली

दक्षिण कोरियामा कोरोना संक्रमण : रोकिए ईपीएसमार्फत जाने नेपाली

हेल्थ टिभी अनलाइन\काठमाडाैं : ईपीएसमार्फत दक्षिण कोरिया जाने ४० नेपाली कामदारको उडान स्थगित भएको छ। दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि फागुन १८ गतेको उडान रोकिएको हो।

दक्षिण कोरियामा समेत कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले फागुन १८ गतेको प्रस्तावित उडान स्थगन भएको ईपीएस शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिए।

उनीहरूको उडान नेपालले नभई दक्षिण कोरियाले नै सारेको उनले बताए। कोरियास्थित दूतावाससँगको छलफलपछि उनीहरूको उडानको टुंगो लगाउने उनको भनाइ छ।

कोरोना भाइरसका कारण कोरियामा ४ जनाको मृत्यु भएको छ भने साढे ५०० मानिस संक्रमित छन्। संक्रमित हुनेमा बढी थेगु प्रान्तका रहेकोमा सो क्षेत्रलाई केन्द्रविन्दु मानिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन