Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दक्षिण कोरियामा कोरोना : चारजनाको मृत्यु, ५५६ संक्रमित

दक्षिण कोरियामा कोरोना : चारजनाको मृत्यु, ५५६ संक्रमित

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको पाइएको छ। शनिबार मात्र थप १२३ जनामा संक्रमण देखिएको छ।

कोरियामा योसँगै संक्रमितको संख्या ५५६ पुगेको छ। थप दुई जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या चार पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।

चेङ्दुस्थित अस्पतालमा एक पुरुषको मृत्यु भएको हो। देशको दक्षिणी क्षेत्रमा पर्ने सो शहरमा रहेको अस्पतालमा अरु १०० जना बिरामी छन्। पछिल्लो समयमा भेटिएका संक्रमितमध्ये ७५ जना अर्को दक्षिणी शहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएका हुन्।

कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार चर्चमा सहभागी भएका मध्ये सयौँलाई कोरोना संक्रमण भएको छ । चर्चमा पहिलो संक्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ वर्षीया एक महिलामा देखिएको थियो। कोरियाको डाएगु  देशकै चौथो ठूलो शहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन्।

यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभर उच्च सतर्कता अपनाइएको बताएका छन्।

आगामी केही दिन संक्रणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ। राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने उपायहरुका बारेमा छलफल तथा तयारी भइरहेको जानकारी पनि उनले दिए।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि