कालिकोटमा सामुदायिक नर्स कार्यक्रम शुरु
हेल्थ टिभी अनलाइन\कालिकोट : जिल्लाका छ स्थानीय तहमा सामुदायिक नर्स कार्यक्रम शुरु भएको छ। बालबालिका कुपोषण कमी ल्याउन र स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न सामुदायिक कार्यक्रम सञ्चालन गरिएको हो।
यो कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य सेवाका विषयमा र गर्भवती महिला तथा बालबालिकालाई जानकारी दिनेछ। सामुदायिक नर्सले स्थानीयस्तरमा उत्पादित मकै, कोदो, गहुँ, चिनो, कागुनु, मार्सी चामल, सिमी, मास, भटमासलगायतका खाद्यवस्तुको प्रयोग ल्याउने तरिका जानकारी दिनेछन्।
स्वास्थ्य सेवाको पहुँच पुर्याउन पहिलोपटक शुरु गरिएको कार्यक्रमले आम नागरिकलाई सेवा दिने कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताए। ‘गाउँमा उत्पादित अर्गानिक खाद्यवस्तुको प्रयोगले कुपोषण घट्ने छ’, उनले भने।
जिल्ला अस्पताल कालिकोटका प्रमुख डा. भीष्मप्रसाद पोख्रेलले सामाजिक विकास मन्त्रालयले लागु गरेको सामुदायिक नर्स कार्यक्रम महत्वपूर्ण भएकाले स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकलाई सही तरिकाले सेवा दिन सकिने बताए। उनले भने, ‘कार्यक्रम प्रभावकारी बनाउन स्थानीयस्तरमा उत्पादित मकै, कोदो, गहुँलगायतका अन्नको महत्वलाई बुझाएमा कुपोषण घट्नेछ।’




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त