Health TV Online
Health TV Online

कालिकोटमा सामुदायिक नर्स कार्यक्रम शुरु

कालिकोटमा सामुदायिक नर्स कार्यक्रम शुरु

हेल्थ टिभी अनलाइन\कालिकोट : जिल्लाका छ स्थानीय तहमा सामुदायिक नर्स कार्यक्रम शुरु भएको छ। बालबालिका कुपोषण कमी ल्याउन र स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न सामुदायिक  कार्यक्रम सञ्चालन गरिएको हो।

यो कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य सेवाका विषयमा र गर्भवती महिला तथा बालबालिकालाई जानकारी दिनेछ। सामुदायिक नर्सले स्थानीयस्तरमा उत्पादित मकै, कोदो, गहुँ, चिनो, कागुनु, मार्सी चामल, सिमी, मास, भटमासलगायतका खाद्यवस्तुको प्रयोग ल्याउने तरिका जानकारी दिनेछन्।

स्वास्थ्य सेवाको पहुँच पुर्याउन पहिलोपटक शुरु गरिएको कार्यक्रमले आम नागरिकलाई सेवा दिने कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताए। ‘गाउँमा उत्पादित अर्गानिक खाद्यवस्तुको प्रयोगले कुपोषण घट्ने छ’, उनले भने।

जिल्ला अस्पताल कालिकोटका प्रमुख डा. भीष्मप्रसाद पोख्रेलले सामाजिक विकास मन्त्रालयले लागु गरेको सामुदायिक नर्स कार्यक्रम महत्वपूर्ण भएकाले स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकलाई सही तरिकाले सेवा दिन सकिने बताए। उनले भने, ‘कार्यक्रम प्रभावकारी बनाउन स्थानीयस्तरमा उत्पादित मकै, कोदो, गहुँलगायतका अन्नको महत्वलाई बुझाएमा कुपोषण घट्नेछ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार