Health TV Online
Health TV Online

कोरोनाको त्रास : दक्षिण कोरियास्थित दूतावासले नेपालीलाई भन्यो, सजग रहनू

कोरोनाको त्रास : दक्षिण कोरियास्थित दूतावासले नेपालीलाई भन्यो, सजग रहनू

हेल्थ टिभी अनलाइन\काठमाडाैं : दक्षिण कोरियास्थित नेपाली दूतावासले कोरोना संक्रमण फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाउन त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ। दूतावासले विज्ञप्ति निकालेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो।

कोरियामा अहिले करिब ४४ हजार नेपाली छन्। ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर त्यहाँ पुगेका हुन्। यस्तै पढ्ने र अन्य विभिन्न प्रक्रियाबाट त्यहाँ पुगेका छन्।

कोरोना संक्रमण तीव्र गतिमा बढेकाले विशेषगरी थुगु तथा आसपासका क्षेत्रमा रेका नेपालीलाई सुरक्षित रहन आग्रह गरिएको छ। यो शहरमा करिब १ हजार नेपाली कार्यरत रहेको अनुमान छ। थेगु र आसपासका शहरमा करिब ७ हजार नेपाली रहेको बाताइन्छ।

हेर्नुहाेस् विज्ञप्ति–

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार