ज्येष्ठ नागरिकको उपचार घरैमा
नुवाकोट : विदुर नगरपालिकाले आफ्ना १३ वटै वडामा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य अभियान सञ्चालन गरेको छ।
नगरपालिका कार्यालयले ज्येष्ठ नागरिकको सामान्य उपचारका लागि पनि धाएर सदरमुकाम आउनुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरेकोनगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए।
‘विदुर नगरपालिकाको स्वास्थ्य शाखामा रहेका कर्मचारी, वडावडाका स्वास्थ्यचौकीमा रहेका स्वास्थ्यकर्मीलगायतलाई परिचालन गरी प्रत्येक वडाका नागरिक र ज्येष्ठ नागरिकलाई घरघरमै गई उपचार गर्ने अभियान चालेका छौँ’, प्रमुख पण्डितले भने।
शिविरमा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, ज्वरो, रुघाखोकी, मधुमेह, पक्षाघात, हृदयाघात, मिर्गौलालगायत जाँच र उपचार निःशुल्क हुनेछ। नगरपालिकाका उपप्रमुख गीता दाहालले घरघरमै गएर उपचार गर्दा ज्येष्ठ नागरिकलाई राहत मिल्ने बताइन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा