Health TV Online
Health TV Online

आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

हेल्थ टिभी अनलाइन\भोजपुर : पछिल्लो समय यहाँका स्थानीयवासीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको योअवधिमा सेवा लिन आएका ७६७ मध्ये ६५२ बिरामी नियमित औषधि सेवनबाट निको भएका छन्। केही बिरामी उपचारका क्रममा रहेका छन्।

अधिकांशमा जण्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी र नशासम्बन्धी समस्या भएकाे कार्यालय प्रमुख दिलीप झाले जानकारी दिए। आयुर्वेदिक उपचार र यसको असर ढिलो हुने चेतना सर्वसाधरणमा पूर्णरूपमा पुगिनसकेको उनको भनाइ छ।

भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर, टक्सार औषधालय शाखा, दिङ्ला औषधालय शाखा र ओख्रे औषधालय शाखा गरी चार शाखा छन्। जैविक विविधतासँगै हिमाली हावापानीदेखि उष्ण मनसुनी हावापानी भएको यहाँ जडीबुटी तथा प्रशस्त औषधिजन्य वनस्पति पाइन्छ।

सर्वसाधरण स्थानीयस्तरमै पाइने जडीबुटी र प्राकृतिक औषधिजन्य वनस्पतिलगायत वैदिक आयुर्वेदिक उपचार गर्छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार