Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एम्बुलेन्स हस्तान्तरण

एम्बुलेन्स हस्तान्तरण

हेल्थ टिभी अनलाइन\विटानगर : विराटनगरस्थित नोबेल मेडिकल कलेजले पृथ्वी फाउण्डेसन कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

जिल्लाका बिरामीको सहज उपचारमा सहयोग पुर्याउने ध्येयले कलेजले एम्बुलेन्स प्रदान गरेको जनाएको छ। तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले यसका लागि समन्वय गरेको बताइएको छ।

शनिबार यहाँ आयोजित कार्यक्रममा कलेजका सञ्चालक डा. सुनिल शर्माले स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यता अन्त्य गर्न सहयोग गरेको र आगामी दिनमा थप सहयोग गर्ने बताए।

महासचिव शाहीले बिरामीलाई उपचार गर्न एम्बुलेन्सले थप सहज हुने र यहाँको स्वास्थ्यस्थिति माथि उठाउन सबै लाग्नुपर्ने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार