एम्बुलेन्स हस्तान्तरण
हेल्थ टिभी अनलाइन\विटानगर : विराटनगरस्थित नोबेल मेडिकल कलेजले पृथ्वी फाउण्डेसन कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।
जिल्लाका बिरामीको सहज उपचारमा सहयोग पुर्याउने ध्येयले कलेजले एम्बुलेन्स प्रदान गरेको जनाएको छ। तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले यसका लागि समन्वय गरेको बताइएको छ।
शनिबार यहाँ आयोजित कार्यक्रममा कलेजका सञ्चालक डा. सुनिल शर्माले स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यता अन्त्य गर्न सहयोग गरेको र आगामी दिनमा थप सहयोग गर्ने बताए।
महासचिव शाहीले बिरामीलाई उपचार गर्न एम्बुलेन्सले थप सहज हुने र यहाँको स्वास्थ्यस्थिति माथि उठाउन सबै लाग्नुपर्ने बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा