Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतको अर्थोपेडिक अस्पताल शाल्बी नेपालमा सेवा विस्तार गर्ने तयारीमा

भारतको अर्थोपेडिक अस्पताल शाल्बी नेपालमा सेवा विस्तार गर्ने तयारीमा

काठमाडौं:  भारतको अहमदाबादमा रहेको अर्थोपेडिक अस्पताल शाल्बीले आफ्नो सेवा नेपालमा पनि विस्तार गर्ने तयारी गरेको छ। स्थापनाको २५ औं वर्षको अवसर पारेर उक्त अस्पतालले नेपालमा पनि आफनो विशेषज्ञ सेवा विस्तार गर्ने तयारीमा लागेको बताएको हो ।

सोही कुरा जानकारी दिन काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । नेपालमा सेवा विस्तारका लागि विभिन्न अस्पतालहरुसँग छलफल भइरहेको अस्पतालका निर्देशक डा भरत गज्जरले जानकारी दिए।

पत्रकार सम्मेलनमा शाल्बीका वरिष्ठ अर्थोपेडिक सर्जन डा कल्पेश शाहले नेपालका अस्पतालसँग सहकार्य गरी अर्थोको विशिष्टकृत सेवा विस्तार गर्न आफूहरू उत्सुक रहेको जानकारी गराए ।

कार्यक्रममा नेपालमा शाल्बीको सेवा विस्तारकावारेमा संयोजन गरिरहेका एक्सप्लोर हेल्थकेयर प्रा.लिका प्रबन्धक निर्देशक कृष्ण पाण्डेले नेपालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निःशुल्क तालिम, अस्पतालको क्षमता वृद्धिका लागि प्राविधिक लगानीका लागि काम गर्न सकिने बताए ।

अस्पतालले विगत २५ वर्षमा १ लाख १० हजार सर्जरी गरेको जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार