भारतको अर्थोपेडिक अस्पताल शाल्बी नेपालमा सेवा विस्तार गर्ने तयारीमा
काठमाडौं: भारतको अहमदाबादमा रहेको अर्थोपेडिक अस्पताल शाल्बीले आफ्नो सेवा नेपालमा पनि विस्तार गर्ने तयारी गरेको छ। स्थापनाको २५ औं वर्षको अवसर पारेर उक्त अस्पतालले नेपालमा पनि आफनो विशेषज्ञ सेवा विस्तार गर्ने तयारीमा लागेको बताएको हो ।
सोही कुरा जानकारी दिन काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । नेपालमा सेवा विस्तारका लागि विभिन्न अस्पतालहरुसँग छलफल भइरहेको अस्पतालका निर्देशक डा भरत गज्जरले जानकारी दिए।

पत्रकार सम्मेलनमा शाल्बीका वरिष्ठ अर्थोपेडिक सर्जन डा कल्पेश शाहले नेपालका अस्पतालसँग सहकार्य गरी अर्थोको विशिष्टकृत सेवा विस्तार गर्न आफूहरू उत्सुक रहेको जानकारी गराए ।
कार्यक्रममा नेपालमा शाल्बीको सेवा विस्तारकावारेमा संयोजन गरिरहेका एक्सप्लोर हेल्थकेयर प्रा.लिका प्रबन्धक निर्देशक कृष्ण पाण्डेले नेपालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निःशुल्क तालिम, अस्पतालको क्षमता वृद्धिका लागि प्राविधिक लगानीका लागि काम गर्न सकिने बताए ।
अस्पतालले विगत २५ वर्षमा १ लाख १० हजार सर्जरी गरेको जनाएको छ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण