Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दक्षिण कोरियामा एकै दिनमा संक्रमितको संख्या दोब्बर

दक्षिण कोरियामा एकै दिनमा संक्रमितको संख्या दोब्बर

दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्।

शुक्रवारसम्म २०४ व्यक्तिमा भाइरस भएकोमा दक्षिण कोरियामा २२९ जना थपिएको पुष्टि भएको छ। यससँगै ४३३ जनामा कोरोना भाइरस संक्रणको पुष्टि भएको छ।

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोना भाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरे। अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर शहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन्।

संक्रमणका कारण अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको मृत्यु भइसकेको छ। त्यहाँ मृतकको संख्या बढ्ने त्रास फैलिएको छ। डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ।

यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोना भाइरस संक्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य संगठनले बताएको छ। उसले कोरोना भाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ बताएको छ।

चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एक हजार २०० जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको र शनिबारसम्म आठ जनाको मृत्यु भएको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि