Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अफ्रिकामा कोरोना भाइरस प्रतिरोधको तयारी पुगेन : डब्लूएचओ

अफ्रिकामा कोरोना भाइरस प्रतिरोधको तयारी पुगेन : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै चासो व्यक्त गरेको छ।

संगठन प्रमुख टेड्रोस अधानम गेब्रेयससले अफ्रिकी संघका सदस्य राष्ट्रहरूलाई भाइरसको संक्रमणसँग आक्रामक प्रतिरोधका लागि एकजुट भएर लाग्न आग्रह गरेका हुन्। यद्यपि अहिलेसम्म भाइरसको संक्रमण इजिप्टबाहेक अन्यत्र पुगेको छैन। ‘तर कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकहरूमा कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसको रोकथाम र नियन्त्रणका लागि हाम्रो चासो बढेको छ’, टेड्रसले जेनेभामा एक भिडियोमार्फत अफ्रिकी संघका स्वास्थ्य मन्त्रीहरूको भेलामा भने।

डिसेम्बरको अन्त्यतिर चीनबाट शुरू भएको कोरोना अहिलेसम्म दुई हजार २०० भन्दा बढी चिनियाँको ज्यान लिएको छ भने ७५ हजार ५०० व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भएको छ। चीन इरान, फिलिपिन्स, दक्षिण कोरिया र जापानमा रोगको संक्रमण फैलिने क्रम बढ्दो छ। विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर अहिलेसम्म करिब एक हजार १५० व्यक्तिमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

डब्ल्यूएचओका अनुसार अफ्रिकी क्षेत्रमा २०० भन्दा बढी संदिग्ध घटनाहरू देखिएका र यसमा अधिकांश अफ्रिकी देशहरूका नागरिक रहेको संगठनका क्षेत्रीय निर्देशक मत्शिदिसो रेबेका मोतीले बताएका छन्। उनले संक्रमणको आशङ्का गरिएका ती व्यक्तिमा अहिलेसम्म भाइरस पुष्टि भने भएको छैन।

‘अफ्रिकी महाद्वीपमा फैलियो भने बिरामीहरूको उपचार गर्न जटिल हुनेछ’, डब्लूएचओको टेड्रसले भने, ‘यी बिरामीहरूलाई श्वासप्रश्वासका लागि सहयोगी उपकरण प्रयोग गरी गहन हेरचाह आवश्यक पर्छ, जुन देशमा अभाव हुनेछ।’

अफ्रिकी आयोगका अध्यक्ष मौसा फकी महामतले अधिकारीहरूलाई रोकथाम, र नियन्त्रणका कडा उपाय अवलम्बन गर्न आग्रह गरे। ‘हाम्रो महाद्वीप, अफ्रिकामा तुलनात्मक रूपमा विश्वका अन्य क्षेत्रको तुलनामा कमजोर स्वास्थ्य प्रणालीको जोखिममा छ’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि