कोरोना भाइरस संक्रमण : वुहानमा बन्दै चार हजार शय्याको अस्पताल
चीनको कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शय्याको अस्पतालको स्वरूप दिइने भएको छ।
तीन हजार ६९० सिट क्षमताको अस्पतालको निर्माण पूरा भै बिहीबार परीक्षण भैसकेको निर्माणमा संलग्न एक कम्पनीले बताएको छ। अस्पताल ५४ हजार वर्गकिलोमिटरमा फैलिएको छ।
कम्पनीका प्रमुख लि यिछानले कारखानालाई अस्पतालको स्वरूप दिँदा अस्पताललाई वातानुकूलित बनाइएको छ। अस्पतालमा नुहाउने कोठा र मोबाइल शौचालय, पुस्तकालय, मनोरञ्जन केन्द्र र बिरामीहरूका लागि खाजाघर राखिएका छन्।
कोरोना भाइरसको प्रकोपबीचमा शय्याको अभावपछि वुहानले जिम, सम्मेलन केन्द्र वा प्रदर्शनी केन्द्रहरूलाई १२ वटा अस्थायी अस्पतालमा रूपान्तरण गरिसकेका छ। ती अस्पलालहरूको कुल २० हजार शय्याबाट प्रायः कोरोना भाइरसको संक्रमणको आशंकामा त्यहाँ पुगेका बिरामीहरूलाई सेवा दिने गरिएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा