Health TV Online
Health TV Online

बर्दियामा दादुरा–रुबेला खोप अभियान

बर्दियामा दादुरा–रुबेला खोप अभियान

हेल्थ टिभी अनलाइन\बर्दिया : जिल्लामा पनि दादुरा–रुबेला खोप अभियान बर्दियामा शुरु भएको छ। पहिलो चरणमा ६ स्थानीयमा खोप अभियान चलाइएको हो।

देशभर फागुन १ देखि खोप अभियान सञ्चालन भए पनि बर्दियामा भने बुधबारदेखि शुरु भएको बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताए।

बर्दियामा पहिलो चरणमा ३८० खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने छ। बर्दियामा पहिलो चरणमा ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र  बढैयाताल गाउँपालिकामा खोप लगाइने छ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा फागुन २० देखि दोस्रो चरणमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए।

बर्दियामा ४८ हजार २२७ मध्ये पहिलो चरणमा ३८ हजार ५६७ जनालाई पोलियो थोपा र ४० हजार ६०३ मध्ये ३२ हजार ६३८ जनालाई दादुरा रुबेला खोप लगाइने चौधरीले बताए। खोप अभियान सफल बनाउन बर्दियाका आठवटै स्थानिय तहले सहयोग गरिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार