गाउँपालिकामा १५ शय्याको अस्पताल
हेल्थ टिभी अनलाइन\रुकुम पश्चिम : जिल्लाकाे सानीभेरी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको वडा नं. ७ छोटेबगरमा अस्पताल सञ्चालनमा आएको हो।
संविधानमा व्यवस्था भएको प्रत्येक नागरिकको आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न आफ्नै लगानीमा अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताए।
अस्पतालबाट आकस्मिक, ल्याब, एक्सरे सेवालगायत आधारभूत चिकित्सकीय सेवा प्रदान हुने गाउँपालिकाले जनाएको छ।




तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा