पर्वतमा मानसिक रोगको उपचार शुरु
हेल्थ टिभी अनलाइन\पर्वत : जिल्ला अस्पताल पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु भएको छ। गण्डकी मेडिकल कलेज पोखरा र पर्वत जिल्ला अस्पतालबीच भएको सम्झौताअनुसार विशेषज्ञ सेवासहितको उपचार सेवा शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।
जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा. शिशिर देवकोटा, अस्पतालका अध्यक्ष पहाडी, कलेजका प्राचार्य प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ र प्रा.डा. टुमाया घलेले सो सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार जिल्ला अस्पतालमा कलेजको तर्फबाट एक जना विशेषज्ञ प्रत्येक महिनाको १० गते, २० गते र महिनाको अन्तिम दिन आउनेछन्। दर्ता शुल्कका लागि २० रुपैयाँ शुल्क तोकिएको छ।
जिल्लामा मानसिक रोगका बिरामी बढेपछि अस्तालले सेवा विस्तार गरेको अध्यक्ष पहाडीले जानकारी दिए। कलेजका प्राचार्य प्रा.डा. श्रेष्ठले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न प्राथमिता दिएको जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोजराज गौतमले मानसिक रोग एक पटक उपचार गरेर मात्र निको नहुने भएका कारण निरन्तर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त