Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

इरानमा दुईजनालाई कोरोना भाइरस संक्रमण

इरानमा  दुईजनालाई कोरोना भाइरस संक्रमण

चीनको वुहानमा डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको संक्रमण इरानमा पनि पुष्टि भएको छ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिइएको उक्त भाइरसको संक्रमण इरानमा पहिलो पटक दुई व्यक्तिमा देखिएको इरानी स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको इरानी समाचार संस्था आईएसएनएले उल्लेख गरेको छ।

स्वास्थ्य मन्त्रालयको उक्त प्रतिवेदनमा ती दुई व्यक्ति कुन देशका नागरिक हुन् भन्नेबारे विस्तृत विवरण भने दिइएको छैन। मन्त्रालयका सूचना केन्द्रका प्रमुख कियानोस जहाँपुरलाई उद्धृत गरी आईएसएनएले भनेको छ, ‘पछिल्लो दुई दिनमा नयाँ कोरोना भाइरसका केही संदिग्ध घटनाहरू पत्ता लागेका हुन्।’

इरानको केन्द्रय प्रान्त कोममा ती बिरामी भेटिएका थिए। उनीहरूलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै अस्पतालको एकान्त कोठामा राखी उपचार सेवा प्रदान गरिएको जोहानपुरले बताए। चीनमा संक्रमण प्रकोपका रूपमा देखिएपछि इरानले यस पहिले नै विदेशबाट आउने बिरामीलाई परीक्षण गर्ने व्यवस्था मिलाएको छ।

कोरोना भाइरसको स‌ंक्रमणका कारण चीनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन्। गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनााएका छन्। केही दिनदेखि यो घटनाक्रम जारी रहेको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन