Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्वारेन्टाइनमा रहेका १७५ जनामै कोरोना भाइरस ‘नेगेटिभ’

कसैले पनि त्रासमा बस्नुपर्ने अवस्था छैन : स्वास्थ्य मन्त्रालय

क्वारेन्टाइनमा रहेका १७५ जनामै कोरोना भाइरस ‘नेगेटिभ’

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य मन्त्रालयले वुहानबाट उद्धार गरी नेपाल ल्याइएका कसैमा पनि कोरोना (काेभिड- १९) भाइरस संक्रमण नदेखिएकोे जनाएको छ।

मन्त्रालयले पत्रकार सम्मेलन गरी भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा रहेका १७५ जनामै कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको जानकारी दिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका टोलीले आइतवार उनीहरूको  नेजल र थ्रोट स्वाइब संकलन गरी जाँच गरेको र यस क्रममा रिपोर्ट नेगेटिभ आएको मन्त्रालयका सचिव खगराज बरालले बताए। फागुन ४, ५ र ६ गते गरी तीन दिन लगाएर गरिएको परीक्षणले उनीहरू कसैमा पनि कोरोना भाइरस संक्रमण नदेखिएको उनको भनाइ छ।

‘प्रयोगशालाद्वारा फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार १७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरूमा नोभेल कोरोना भाइरसका लागि रियल ‘आरटी पीसीआर’बाट परीक्षण गर्दा कुनै पनि नमुनामा कोभिड १९ नभेटिएको जानकारी गराइन्छ’, प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ।

उनीहरूमा कुनै पनि किसिमको संक्रमण नदेखिएको र पूर्णरूपमा स्वस्थ रहेको विज्ञप्तिमा उल्लेख छ। नेपाल ल्याइएको १४औँ दिनमा अर्को परीक्षण गरिने जानकारी दिइएको छ। साथै क्वारेन्टाइन स्थल आसपासका बासिन्दालाई कुनै पनि किसिमको त्रासमा नबस्न मन्त्रालयले आग्रह गरेको छ।

गत आइतबार बिहान काठमाडौं आइपुगेका उनीहरूलाई विमानस्थलबाट सोझै क्वारेन्टाइन लगिएको थियो। चीनबाट फर्किएका १७५ नेपाली पाँच दिनदेखि खरिपाटीस्थित विद्युत् प्राधिकरणको भवनमा राखिएको छ।

उनीहरूलाई लिन जाने पाइलट, को–पाइलट, परिचारिका र सफाइ गर्ने स्विपर लगायतलाई भने चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रको अर्को क्वारेन्टाइनमा राखिएको छ।

हेर्नुहाेस् मन्त्रालयकाे विज्ञप्ति–

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन