जापानमा पानीजहाज क्वारेन्टाइन : सबै यात्रुहरू बाहिरिँदै
जापानको योकोहामा तटीय क्षेत्रमा क्वारेन्टाइनमा राखिएको पानीजहाज डायमण्ड प्रिन्सेजबाट यात्रुलाई बाहिर निकाल्न थालिएको छ। १४ दिनको क्वारेन्टाइनपछि पानी जहाजबाट यात्रु बाहिरनिकाल्न थालिएको हो।
चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण पानीजहाजका यात्रुमा पनि देखिएपछि क्वारेन्टाइनमा राखिएको थियो।
डायमण्ड प्रिन्सेज क्रुज सिपमा रहेका कम्तीमा ५४२ जना यात्रु तथा चालकदलका सदस्यमा कोरोना संक्रमण भएको छ। चीन बाहिर एकै ठाउँमा धेरैलाई संक्रमण भएको यो पहिलो घटना हो। यात्रुले कठिन रुपमा १४ दिने क्वारेन्टाइन अवधि पूरा गरेका हुन्।
केही देशले पानी जहाजमा रहेका आफ्ना नागरिकलाई उद्दार गरेर लगेका थिए । बाँकी रहेका यात्रुहरु भने क्वारेन्टाइन पूरा गरी बुधबारदेखि निस्कन थालेका हुन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा