Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री ढकालले गरे ‘क्वारेन्टाइन’ स्थलको निरीक्षण

स्वास्थ्यमन्त्री ढकालले गरे ‘क्वारेन्टाइन’ स्थलको निरीक्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं:  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइन स्थल निरीक्षण गरेका छन्। तीनदिन अघि कोरोना प्रभावित चीनबाट उद्धार गरी ल्याइएका १७५ जना राखिएको क्वारेन्टाइनस्थलको जानकारी लिन मंगलबार स्वास्थ्यमन्त्री ढकाल खरिपाटी पुगेका हुन्।

क्वारेन्टाइनमा रहेका बेला कसैले पनि भेट्न पाइने व्यवस्था नभएकाले स्वास्थ्यमन्त्री ढकालले कन्ट्रोल रुमबाट नै सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा मन्त्री ढकालले सबैलाई नआत्तिन आग्रह गरे । उनले सरकार आफना नागरिकको स्वास्थ्यप्रति सचेत रहेको र उनीहरुको सुरक्षाका लागि सधैं एक कदम अघि रहने आश्वासन समेत दिए । उनले क्वारेन्टाइनमा बस्दा केही अप्ठेरो नहुने गरी सबैको व्यवस्था गरिएको भए पनि केही समस्या भए तुरुन्त खबर गर्न जिकीर गरे ।

मन्त्री ढकालसँगै मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइका प्रमुख सागर दाहाल, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दिपेन्द्ररमण सिंह लगायत गएका थिए ।

चीनबाट उद्धार गरी ल्याएकाहरुलाई क्वारेन्टाइनमा २ साता रहनुपर्ने मापदण्डका कारण उनीहरु खरिपाटीमा बस्ने ब्यवस्था गरिएको छ । उनीहरुमा हालसम्म कुनै स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । यद्यपी कोरोना परीक्षणको रिपाेर्ट भने बुधबारसम्म आउने बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार