प्रदेश १ मा दादुरा–रुबेला र पोलियो खोप अभियान शुरु
हेल्थ टिभी अनलाइन\ विराटनगर : प्रदेश १ ले दादुरा–रुबेला र पोलियो खोप अभियान शुरु गरेको छ।
अभियानअन्तर्गत नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खाेप लगाइने र जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो थाेपा खुवाइनेछ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार मोरङको कटहरीमा स्थानीय दुई वर्ष चार महिनाकी बालिका नित्या साहलाई पोलियो थोपा खुवाउँदै दादुरा रुबेला खोप अभियान तथा नियमित खोप कार्यक्रम–२०७६ आरम्भ गरे ।
मन्त्री घिमिरेले बालबालिकालाई रोगमुक्त गर्न यो अभियान सञ्चालन भएको र यसलाई सफल बनाउन जनप्रतिनिधिले साथ दिनुपर्ने बताए। स्वास्थ्य विभाग परिवार कल्याण महाशाखाका भरत भण्डारी, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले अभियान सफल बनाउनुपर्नेमा जोड दिए।
प्रदेश १ मा चार लाख २७ हजार १२ बालबालिकालाई दादुरा–रुबेला र तीन लाख पाँच हजार ३४२ लाई पोलियो खुवाउने स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिए।
यसका लागि आठ हजार १५२ खोप केन्द्र, त्यति नै संख्यामा स्वास्थ्यकर्मी र १६ हजार ३०४ स्वयंसेवक परिचालन हुने उनले बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा