Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२० रूपैयाँमा बिरामी जाँच र उपचार

२० रूपैयाँमा बिरामी जाँच र उपचार

हेल्थ टिभी अनलाइन\झापा : मेचीनगर नगरपालिका–९ धुलाबारीस्रथित जैन होमियोपेथिक चिकित्सालयले २० रूपैयाँमा बिरामी जाँच र उपचार गर्दै आएको छ।

२५ वर्ष अघि खुलेकाे चिकित्सालयले सेवा शुरू गर्दताका  टिकटकाे १० रूपैयाँ लिन्थ्यो। अहिले २० रूपैयाँको टिकट काटेपछि स्वास्थ्य जाँच गराउन र औषधि लिन पाइन्छ।

जैन तेरापन्थ युवक परिषद्ले गरिबदुःखी बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य राखी सेवा शुरु गरेको थियो। मारवाडी समुदायको युवा संगठन जैन तेरापन्थ मेचीनगरको धुलाबारीस्थित अतिथि सदनमा दुई कोठा भाडामा लिएर सेवा दिइँदै आएको छ।

‘पैसा नभएर अहिले पनि धेरै मानिस स्वास्थ्य उपचार गर्न सकिरहेका छैनन्’, होमियोपेथिक चिकित्सालय सञ्चालन समितिका संयोजक पवन बोथराले भन्छन्, ‘उनीहरूलाई नै लक्ष्य गरी सेवा शुरु गरेका हौँ।’ हप्ताको दुई दिन सोमवार र शुक्रवार बिहान ७ः३० देखि ११ः०० बजेसम्म मात्रै सेवा दिइने संस्थामा होमियोपेथिक वैद्य केएल राजवंशीले बिरामीको स्वास्थ्य जाँच गर्ने गरेका छन्।

चिकित्सालय सञ्चालनका लागि परिषद्ले मारवाडी तथा अन्य समुदायबाट आर्थिक सहयोग संकलन गर्दै आएको छ। सहयोगबाट आएको रकमले नै चिकित्सकको टोलीलाई पारिश्रमिक, औषधि खरिद गर्ने तथा कोठा भाडा तिर्ने गरेको संयोजक बोथराले बताए। चिकित्सालय सञ्चालनमा वार्षिक चार लाख रूपैयाँ खर्च हुने गरेको छ।

चिकित्सालयबाट हालसम्म दुई लाख ५० हजारले सेवा लिइसकेकाे बताइन्छ। विशेषगरी ग्यास्ट्रिक, मधुमेह, थाइराइड, अल्सर, प्रेसर, बाथलगायत रोगको उपचार हुने वैद्य राजवंशीले बताए।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन