चीनमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या एक हजार ८६८ पुग्यो
चीनमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ८६८ पुगेको छ। राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकअनुसार सोमबार मात्रै ९८ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमध्ये ९३ जना हुबे प्रान्तका छन्। साेमवार देशभर एक हजार ८८६ जना नयाँ संक्रमित भेटिएको आयोगले जनाएको छ। यससँगै देशभर संक्रमितको संख्या ७२ हजार ४३६ पुगेको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार त्यहाँका झण्डै तीनहजार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ। संक्रमित हुने अधिकांश स्वास्थ्यकर्मी वुहान शहरका हुन्। कोरोनाकै कारण गत शुक्रवारसम्म ६ चिकित्सकको मृत्यु भएको बताइएको थियो।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त