नेपालका जडीबुटी जोगाउनुस् : आचार्य बालकृष्ण
हेल्थ टिभी अनलाइन\ हेटौँडा : आयुर्वेदका आचार्य बालकृष्णले नेपालमै आयुर्वेद उद्योग वा प्रशोधन केन्द्र खोल्नसके देशले बढी आम्दानी गर्नसक्ने बताएका छन्। सोमवार वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँगको भेटमा उनले बहुमूल्य जडीबुटीको अवैज्ञानिक दोहन भइरहेको भन्दै चिन्ता व्यक्त गरे।
मुख्यमन्त्री कार्यालय हेटौँडामा भएको भेटवार्ताका क्रममा पौडेलले आचार्य बालकृष्णलाई आयुर्वेदको विद्वतालाई आफ्नो जन्मभूमिको समृद्धिमा प्रयोग गर्न अनुरोध गरे। उनले आफ्नो प्रदेश जडीबुटीको अध्ययन अनुसन्धान गरेर त्यसबाट लाभ लिन इच्छुक रहेको बताए। ‘तपाईँहरुलाई आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न र आवश्यक आधार तयार पार्न हामी तयार छौँ’, उनले बालकृष्णसँग भने, ‘तपाईंले प्राविधिक र अन्य सहयोग गर्नुपर्यो।’
आचार्य बालकृष्णले पनि नेपालमा उद्योग स्थापना र सञ्चालन गर्दा नेपालका बहुमूल्य जडीबुटीको लाभ स्वदेशमै हुने भन्दै पतञ्जलिद्वारा नेपालमा सञ्चालन भएका उद्योगको मुनाफा यहीँकै समृद्धिका लागि खर्च गरिरहेको बता। योगगुरु रामदेवसमेत नेपालमा सञ्चालित पतञ्जलिका उद्योगका मुनाफा स्वदेशमै खर्च गर्ने पक्षमा रहेको उनको भनाइ थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा