कोरोना भाइरसको असर : हङकङमा ट्वाइलेट पेपर लुटियाे
हङकङमा एउटा हतियारधारी समूहले १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेर लगेको छ।
कोरोना भाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा थुपारेकाले त्यहाँ अहिले त्यसको चरम अभाव छ।
मोङ्कक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेका हुन्। प्रहरीले दुई जनालाई समातेर लुटिएका केही ट्वाइलेट पेपर जफत गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
कसरी भयो घटना?
लुटेराहरूले वेलकम सुपर मार्केट बाहिर गाडीबाट ट्वाइलेट पेपर निकाल्दै गरेका कर्मचारीलाई चक्कु देखाएर तर्साएका थिए।
एउटा सञ्चारमाध्यमका अनुसार ६०० रोल ट्वाइलेट पेपर लुटिएको थियो। हङकङका पसलमा ट्वाइलेट पेपर पाउन गाह्रो हुन थालेको र पाइने पसलमा मानिसहरूको ताँती लाग्न थालेको बताइएको छ।
सरकारले आपूर्ति सहज भएको दाबी गरेको भए पनि मानिसहरूले अनावश्यक मात्रामा ट्वाइलेट पेपर थुपार्न छोडेका छैनन्। ‘चक्कु बोकेका तीन मानिसले एक कर्मचारीलाई तर्साएर १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेका छन्’, प्रहरीका एक प्रवक्ताले बताए।
त्यहाँ फेस मास्क र हात धुने सेनेटाइजरको पनि अभाव देखिएको छ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै