स्वास्थ्यकर्मीले तलब नपाएपछि सामुदायिक स्वास्थ्य एकाइ बन्द
हेल्थ टिभी अनलाइन\हुम्ला : सिमकोट गाउँपालिकास्थित कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द छ।
एकाइमा एक\एक जना अहेब, अनमी र कार्यालय सहयोगी गरी तीनजनाको दरबन्दी छ। एकाइमा कार्यरत स्वास्थ्यकर्मीले गत भदौदेखि तलब खान नपाएपछि स्वास्थ्य एकाइ बन्द भएको प्रमुख धनजीत भण्डारीले जानकारी दिए। उनका अनुसार सिमकोट गाउँपालिकाले तलब खुवाउने गरेको थियो।
सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले स्वास्थ्य सेवा विभागबाट रकम नआएकाले गाउँपालिकाले तलब खुवाउन सक्ने अवस्था नरहेको जानकारी दिए।
गाउँमा रुघाखोकीका बिरामीको संख्या बढिरहेको छ। स्वास्थ्यकर्मी नहुँदा समस्यामा परेका छन्। एकाइमा दैनिक १०\१२ सम्म बिरामी उपचार गराउन आउँथे। स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्किनुपरेको खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँका गोरख भण्डारीले बताए। स्वास्थ्य एकाइमा जाँदा ताला लगाएको देख्दा रित्तो हात लिएर घर फर्किनुपरेको बिरामी जोरसिंह बोहराको गुनासो छ।
साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रकमले जग्गा खरिद गरी भवन बनाइएकाे थियाे। कुम्लिक ज्युला ताक्ला, बाम्टा, बैजिबाडा, दोजाम, कुम्लिक, ठेहे गाउँका करिव ९०० स्थानीयको पाएक पर्ने ठाउँमा २०७२ सालमा खाेलिएको थियो।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त