भरतपुर महानगरपालिकाले लगायो यी क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग र बिक्रीमा रोक
काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाले सार्वजनिक स्थलहरूमा धूमपान र सुर्तीजन्य पदार्थ सेवन नगर्न सचेत गराएकाे छ।
सूचना निकालेर महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनको दफा अनुसार सार्वजिनक स्थलमा सुर्तीजन्य पदार्थ सेवनमा राेक लगाएकाे हाे। यस्तै शिक्षण तथा स्वास्थ्य संस्थाको कम्तीमा १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री नगर्न पनि सचेत गराइएको छ।
विद्यालय, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशुस्यहार केन्द्र, वृद्धाश्रम अनाथालयलगायत क्षेत्र र नेपाल सरकारले राजपत्रमा प्रकाशन गरी तोकको सार्वजनिक स्थलबाट १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगरवासीलाई सचेत गराएको हो।
उसले १८ वर्ष नपुगेका व्यक्ति र गर्भवतीलाई यस्ता वस्तु बिक्री वितरण नगर्न पनि भनेको छ। ‘महानगरभित्र यस्ता कुनै क्रियाकलाप गरेको कहीँ कतै पाइएमा यस विषयमा अनुगमन गर्न खटिएको टोलीले तत्काल कानुनबमोजिम सजाय गर्ने व्यहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित