Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जापानमा पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकीलाई कोरोना

जापानमा पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकीलाई कोरोना

जापानमा क्वारेन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन्। उद्धार गरिएकामध्ये अधिकांश व्यक्ति दुईवटा अमेरिकी हवाइजहाजमार्फत्‌ स्वदेश फर्किरहेका छन्। तर संक्रमितहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ।

असुरक्षित

झण्डै ३,७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टाइनमा राखिएको छ।

उक्त पानीजहाजबाट हङकङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोना भाइरसबाट संक्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारेन्टाइनमा राखिएको हो। चीनबाहिर नयाँ कोरोना भाइरसबाट संक्रमित हुने यो सबैभन्दा ठूलो समूह हो।

जापानी अधिकारीहरूले आइतवार बताएअनुसार पानीजहाजमा नयाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५५ पुगेको छ। एक अमेरिकी यात्रीले क्वारेन्टाइनका प्रयासहरू विफल भएको बताउँदै आफूले पानीजहाजमा सुरक्षित महशुस नगरेको बताइन्।

संक्रमित ४० अमेरिकीको उपचार जापानमै गरिने संयुक्त राज्य अमेरिकाको नेसनल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजेजका निर्देशक डा.एन्थोनी फाउसीले सीबीएस टेलिभिजनलाई बताए। ‘यदि उडानमै रहेका बेला संक्रमणका लक्षण देखिए भने त्यस्ता व्यक्तिहरूलाई अलग राखिनेछ’, उनले थपे। उद्धार गरेर अमेरिका लगिने व्यक्तिहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ।

‘त्यसो गर्नुको कारण क्रुज पानीजहाजमा उनीहरू बसेको भनेको संक्रमण फैलिने ठाउँमा भएसरह नै हो, फाउसीले भने। अन्य उडानमार्फत्‌ इजरेल, हङकङ र क्यानडाका नागरिकहरूको उद्धार गरिनेछ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि