कोरोना भाइरस संक्रमण : चीनमा मृत्यु हुनेकाे संख्या एक हजार ६६५
चीनको वुहानबाट डिसेम्बरदेखि शुरु भएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६६५ पुगेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी १५ सम्म एक हजार ६६५ जनाले ज्यान गुमाएको जनाएको हो।
शनिवार मात्रै १४२ जनाले ज्यान गुमाएको आयोगले जनाएको छ। यसैगरी एक हजार ३१३ बिरामी उपचारपछि शनिवार घर फर्केका छन्। संक्रमणका कारण अहिलेसम्म चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी चार जनाको मृत्यु भएको छ।
आयोगको तथ्यांकअनुसार हालसम्म ६८ हजार ५०० चिनियाँ नागरिकमा कोरोना भाइरस भएको प्रमाणित भइसकेको छ। उनीहरूमध्ये नौ हजार ४१९ जना उपचार पछि निको भएर घर फर्केको जनाइएको छ। बाँकी भने अस्पतालमा उपचारमै छन्।
हुबेई प्रान्तका लगभग पाँच लाख मानिस कोरोना भएका व्यक्तिको नजिक भएको हुनसक्ने भन्दै उनीहरुलाई निगरानीमा राखिएको आयोगले जनाएको छ।
नेपालमा भने हालसम्म एक जनामा मात्र कोरोना भेटिएको थियो। उनी पनि उपचारपछि घर फर्केका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त