Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस संक्रमण : चीनमा मृत्यु हुनेकाे संख्या एक हजार ६६५

कोरोना भाइरस संक्रमण :  चीनमा मृत्यु हुनेकाे संख्या एक हजार ६६५

चीनको वुहानबाट डिसेम्बरदेखि शुरु भएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६६५ पुगेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी १५ सम्म एक हजार ६६५ जनाले ज्यान गुमाएको जनाएको हो।

शनिवार मात्रै १४२ जनाले ज्यान गुमाएको आयोगले जनाएको छ। यसैगरी एक हजार ३१३ बिरामी उपचारपछि शनिवार घर फर्केका छन्। संक्रमणका कारण अहिलेसम्म चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी चार जनाको मृत्यु भएको छ।

आयोगको तथ्यांकअनुसार हालसम्म ६८ हजार ५०० चिनियाँ नागरिकमा कोरोना भाइरस भएको प्रमाणित भइसकेको छ। उनीहरूमध्ये नौ हजार ४१९ जना उपचार पछि निको भएर घर फर्केको जनाइएको छ। बाँकी भने अस्पतालमा उपचारमै छन्।

हुबेई प्रान्तका लगभग पाँच लाख मानिस कोरोना भएका व्यक्तिको नजिक भएको हुनसक्ने भन्दै उनीहरुलाई निगरानीमा राखिएको आयोगले जनाएको छ।

नेपालमा भने हालसम्म एक जनामा मात्र कोरोना भेटिएको थियो। उनी पनि उपचारपछि घर फर्केका छन्।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै