डोटीमा बढ्यो आयोडिनयुक्त नुनको प्रयोग
डोटी : ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाइन थालेपछि प्रयोगकर्ता बढेका छन्। ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासी पछिल्लो समय आयोडिनयुक्त नुनमा अभ्यस्त हुन थालेका हुन्।
सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ का स्थानीय लालबहादुर कामीले बताए।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखाले यहाँका स्थानीय तहसँग मिलेर गाउँगाउँमा आयोडिनयुक्त नुन गोदामको व्यवस्था गरेको छ। जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो १६ रुपैयाँमै आयोडिनयुक्त नुन वितरण हुन थालेकाे छ।
आयोडिन नुन उपभोगले बालबालिकामा गलगाँड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्यामा कम हुँदै गएको जोरायल गाउँपालिका स्वास्थ्य एकाइ कार्यालयका प्रमुख गोविन्दबहादुर विष्टले बताए। ‘गाउँमा आयोडिनयुक्त नूनको प्रयोग बढेको छ’, उनले भने, ‘यसका कारण गलगाँड आउने, लठेब्रोपन जस्ता शारीरिक समस्यामा कमी आएको छ।’
आयोडिनयुक्त नूनको प्रयोग गर्दा हुने फाइदाका विषयमा व्यापक रूपमा जिल्लाव्यापी जनचेतना फैलाउन सके प्रयोग अझ बढ्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण