गौमूल गाउँपालिकामा तीन वर्षदेखि बन्द जडीबुटी संकलन खुला
बाजुरा : गौमूल गाउँपालिकाले तीन वर्षदेखि बन्द जडीबुटी संकलन खुला गर्ने निर्णय गरेको छ।
शनिबार बसेको गाउँपालिकासभाले साविकका मानाकोट र दहकोट गाविसका वनजंगललबाट जडीबुटी संकलन खुला गर्ने निर्णय गरेको हो।
दहकोटको अम्लिस, मल्लोदुगुनलगायत वनबाट जडिबुटी संकलन गर्न दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए।
जडीबुटी संकलन गर्न गाउँपालिकाको अनिर्वाय सिफारिस लिनुपर्ने व्यवस्था गरिएको उनले बताए। सभाले जथाभावी जडिबुटी संकलनमा भने रोक लगाएको बताएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा