वुहानबाट आएका १७५ जनालाई लगियो क्वारेन्टाइनस्थल खरिपाटी
काठमाडौं: लगभग तीन साताको तयारीपछि कोरोना भाइरसको उदगमस्थल चीनको हुवेई प्रान्तस्थित वुहानबाट उद्धार गरेर १७५ जनालाई नेपाल ल्याइएको छ । उनीहरुलाई त्रिभुवन विमानस्थलबाट स्वास्थ्य परिक्षण गरी सिधै क्वारेन्टाइनस्थल भत्तपुरको खरिपाटी लगिएको हो ।
उनीहरु विहान करीब ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । विमानस्थलमा रहेको हेल्थ डेस्कले जाँच गर्दा कसैलाई पनि ज्वरो आउने खोकी लाग्ने नपाइएकाले उनीहरु सबै जनालाई क्यारेन्टाइनमा पठाइएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले बताए । उनीहरुलाई १४ दिनसम्म क्यारेन्टाइनमै राखी निगरानी गरिने पनि उनले जानकारी दिए ।
नेपाल आउनका लागि अन्तिम समयसम्म १८५ जना नेपालीले फारम भरेको भए पनि ६ जनालाई ज्वरो आएका कारण आउन पाएनन भने ४ जनाले आउन नचाहेको बताइएको छ । कोरोना प्रभावित चीनबाट आफूहरुलाई उद्धार गर्न नेपालीहरुले त्यहाँस्थित दुतावासमा निवेदन दिएका थिए । सोही बमोजिम सरकारले उनीहरुलाई उद्धार गरेर ल्याएको हो । क्यारेन्टाइन अवधीभर उनीहरुलाई परिवारसँग पनि भेट गर्न दिइने छैन ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा