कोरोना भाइरस संक्रमण : नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन
कोरोना भाइरस (कोभिड–१) विरूद्ध लडिरहेका स्वास्थ्यकर्मीको काम गर्ने अवस्था सुधार गर्न चीनले बिहीबारसम्म २६ अर्ब युआन (करिब तीन अर्ब ७१ करोड अमेरिकी डलर) विनियोजन गरेको छ।
चीनको अर्थ मन्त्रालयका सहायक मन्त्री ओउ वेनहानले बेइजिङमा शुक्रवार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन्। यो रकम स्वास्थ्यसम्बन्धी उपकरण र सुरक्षा सामग्री खरीद गर्न र चिकित्सा संस्थामा आवश्यकताअनुसार सुविधा बढाउन प्रयोग गरिने उनले बताए।
सबै अग्रमोर्चामा काम गर्ने स्वास्थ्य तथा महामारी रोकथामका लागि खटिएका व्यक्तिले जोखिममा काम गरेबापत कामका आधारमा प्रतिदिन प्रतिव्यक्ति २०० युआनदेखि ३०० युआनसम्म थप भत्तास्वरूप प्रदान गरिने उनले बताए। बजेट केन्द्रीय सरकारले नै उपलब्ध गराउने छ।
‘महामारी विरुद्धको लडाइँमा उल्लेखनीय योगदान पुर्याउने चिकित्सा टोली र व्यक्तिहरूलाई प्रोत्साहन गरिनुपर्छ र तुरुन्तै सम्मान गर्नुपर्छ’, उनले भने, ‘कोभिड–१ संक्रमणबाट हुने निमोनियाबाट प्रभावित चिकित्सा कर्मचारीहरूले व्यावसायिक चोटपटकका लागिसमेत क्षतिपूर्ति पाउनेछन्।’
अग्रमोर्चामा काम गर्ने चिकित्साकर्मीहरूलाई प्राप्त हुने आर्थिक सहायता र लाभांशलाई व्यक्तिगत आयकरमा छुट दिनुपर्ने उनको भनाइ थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा