Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण, छ जनाको मृत्यु

एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण, छ जनाको मृत्यु

चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले  बताएको छ। यो संख्या फेब्रुअरी ११ सम्ममा संक्रमण पुष्टि भएका बिरामीको ३.८ प्रतिशत हो ।

एनएचसीका उप–निर्देशक चेन यिक्सिनले शुक्रवार पत्रकार सम्मेलनमा भने, ‘संक्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ।’ कोभिड–१९ बाट मृत्यु हुने स्वास्थ्यकर्मीको संख्या मृतकको ०.४ प्रतिशत रहेको उनले बताए।

संक्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ अर्थात् ८७.५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी दिएको छ। हुबेईको प्रान्तीय राजधानी वुहान शहरमा सबैभन्दा धेरै एक हजार १०२ अर्थात् ७३.४ प्रतिशत स्वास्थ्यकर्मी स‌ंक्रमित रहेका उप–निर्देशक चेनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन