Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसरी ल्याइँदैछ कोरोना प्रभावित वुहानबाट नेपाली

विमानस्थलबाट  क्वारेन्टाइनस्थल सम्म जान ५ वटा एम्बुलेन्स र ५ वटा बसको प्रयोग हुने

यसरी ल्याइँदैछ कोरोना प्रभावित वुहानबाट नेपाली

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित चीनबाट नेपालीलाई ल्याउने अन्तिम तयारी सकिएको बताएको छ । सरकारले यसअघि नै चीनको वुहानमा रहेका १८० जना नेपालीलाई शनिबार उद्धार गरी ल्याउने निर्णय गरे बमोजिम तयारी पूरा भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले बताए ।

उनले शनिबार जहान चीन जाने भए पनि समय भने तोकी नसकेको बताए । उनले भने, ‘शनिबार चीन जानका लागि स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरिसकेको छ । तर समय भने फिक्स भएकाे छैन्। दाहालले वुहानमा रहेका नेपालीलाई उद्धार गर्न चीन जाने जहाजमा एक जना चिकित्सक सहित ४ जना स्वास्थ्यकर्मी जाने पनि जानकारी दिए । चीन जाने टोलीको नेतृत्व नेपाल प्रहरीका डीएसपीले गर्नेछन्।

त्यसका साथै जहाजमा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जहाजका क्रु मेम्बर र स्वास्थ्यकर्मीले विशेष तालिम लिइसकेको पनि उनले जानकारी दिए । उनले भने, ‘त्यहाँ जानेले विशेष तालिम लिएका छन । जहाजमा के गर्ने के नगर्ने भन्ने विषयमा र अन्य प्रक्रियाबारे पनि छलफल भइसकेको छ । आरेन्टेसन पनि सोही बमोजिम दिइसकिएको छ । जो स्वास्थ्यकर्मी चीन जान्छन तिनै स्वास्थ्यकर्मी क्वारेन्टाइनस्थलमा पनि रहने जनाइएको छ ।

जहाजमा आउने यात्रुलाइ आवश्यक पर्ने सामग्री, सूचना सबैको जिम्मा स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाले गरेको छ । दाहालका अनुसार विमानस्थलमा पाँचवटा हेल्थ डेस्क राखिनेछन्। जसमा आवश्यक पर्ने कोरोनासँग सम्बन्धित डकुमेन्ट सूचना सबै उपलब्ध हुनेछन्।

विमानस्थलबाट क्वारेन्टाइनस्थल सम्म जान ५ वटा एम्बुलेन्स र ५ वटा बसको प्रयोग हुने

चीनबाट नेपालीहरुलाई विमानस्थल झरेपछि स्क्रिनिङ गरिनेछ । जसमा कसैलाई ज्वरो आएको  खोकी लागेको भेटिएमा त्यहाबाट सिधै अस्पताल लगिनेछ । विमानस्थलमा स्क्रिनिङको जिम्मा  अर्थात नेतृत्व नेपाली सेनाका डाक्टरले लिएका छन्। स्वस्थ ब्यक्तिहरुलाई भने विमानस्थलबाट सिधै क्यारेन्टाइनस्थल खरिपाटी लागिनेछ ।  क्वारेन्टाइनस्थलको सम्पूर्ण जिम्मा अर्थात उक्त स्थलको इन्सिडेन्ट कमान्ड समाल्ने काम नेपाली सेनाका एक जना डाक्टर र स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका एक जना डाक्टरले लिएका छन्।

चीनबाट नेपालीलाई ल्याएर क्यारेन्टाइनमा राख्नेसम्मको प्रक्रियामा प्रत्यक्ष रुपमा २५ जना स्वास्थ्यकर्मी खटिने दाहालले जानकारी दिए । १४ दिन क्वारेन्टाइनमा बस्दा अभिभावक लगायत बाहिरी मानिसलाई भेट्न दिइने छैन्।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि