नगरपालिकामा स्तनपान कक्ष
पश्चिम नवलपरासी : बर्दघाट नगरपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ।
महिला कर्मचारी तथा सेवाग्राहीलाई लक्ष्य गरी नगरपालिकाले छुट्टै स्तनपान कक्ष सञ्चालन ल्याएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए। ‘सेवाग्राही र कार्यालयमा कार्यरत कर्मचारीका लागि सहज होस् भन्ने ध्येयले स्तनपान कक्ष स्थापना गरिएको हो। कक्षमा आराम गर्दै आफ्नो बच्चालाई स्तनपान गराउन सहज भएको छ’, उनले भने।
बर्दघाट नगरपालिकाले २०७६ चैतभित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएको छ। बालअधिकारसँग पनि स्तनपान कक्षको महत्व जोडिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताए। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ले हरेक सार्वजानिक निकायमा अनिवार्य स्तनपान कक्ष स्थापना गर्नुपर्ने व्यवस्था गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण