Health TV Online
Health TV Online

सुत्केरी र स्वास्थ्य स्वयंसेविकाले पाएनन् भत्ता

सुत्केरी र स्वास्थ्य स्वयंसेविकाले पाएनन् भत्ता

जुम्ला : कनकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने भत्ता पाउन सकेका छैनन्। उनीहरूले गतवर्षको भत्ता हालसम्म नपाएकोे गुनासो गरेका छन्।

गाउँपालिकामा गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत ८०० र सुत्केरी पश्चात् तीन हजार रुपैयाँ पाउने व्यवस्था छ।  रकम माग्न जाँदा स्वास्थ्य संस्थाले गाउँपालिकाबाट बजेट नआएको जवाफ दिने गरेको कनकासुन्दरी गाउँपालिका–२ मालिका बोताकी सुनमाया रावतले बताइन्।

हाड्सिन्जा बर्थिङ सेन्टरमा ३८ र मालिका बोतामाका २१ महिलालाई भत्ता उपलब्ध गराउन गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी पुर्याएकोे जनाइएको छ। तर हालसम्म भत्ता नपाएको सुत्केरीहरूको गुनासो छ।

यसैगरी गतवर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन गरिएका भिटामिन र जुकाको औषधि खुवाएबापत पाउनुपर्ने ८०० रुपैयाँ पनि नपाएको स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन्।

कनकासुन्दरी गाउँपालिकाका लेखापालक गोपाल बुढाले गत वर्ष बजेट अभाव भएको र यो वर्ष पनि बजेट ढिलो आएको हुनाले समयमा सुत्केरी भत्ता दिन नसकेको बताए। उनले केही दिनभित्र सबै सुत्केरी र महिला स्वयंसेविकाले भत्ता पाउने जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार