सुत्केरी र स्वास्थ्य स्वयंसेविकाले पाएनन् भत्ता
जुम्ला : कनकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने भत्ता पाउन सकेका छैनन्। उनीहरूले गतवर्षको भत्ता हालसम्म नपाएकोे गुनासो गरेका छन्।
गाउँपालिकामा गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत ८०० र सुत्केरी पश्चात् तीन हजार रुपैयाँ पाउने व्यवस्था छ। रकम माग्न जाँदा स्वास्थ्य संस्थाले गाउँपालिकाबाट बजेट नआएको जवाफ दिने गरेको कनकासुन्दरी गाउँपालिका–२ मालिका बोताकी सुनमाया रावतले बताइन्।
हाड्सिन्जा बर्थिङ सेन्टरमा ३८ र मालिका बोतामाका २१ महिलालाई भत्ता उपलब्ध गराउन गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी पुर्याएकोे जनाइएको छ। तर हालसम्म भत्ता नपाएको सुत्केरीहरूको गुनासो छ।
यसैगरी गतवर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन गरिएका भिटामिन र जुकाको औषधि खुवाएबापत पाउनुपर्ने ८०० रुपैयाँ पनि नपाएको स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन्।
कनकासुन्दरी गाउँपालिकाका लेखापालक गोपाल बुढाले गत वर्ष बजेट अभाव भएको र यो वर्ष पनि बजेट ढिलो आएको हुनाले समयमा सुत्केरी भत्ता दिन नसकेको बताए। उनले केही दिनभित्र सबै सुत्केरी र महिला स्वयंसेविकाले भत्ता पाउने जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा