बाजुरामा फैलिएको संक्रमण भाइरल इन्फ्लुयन्जा
बाजुरा : जिल्लाको हिमाली र स्वामिकात्तिक गाउँपालिकामा देखिएको ज्वरोको संक्रमण इन्फ्लुयन्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ। चार जनाको ल्याब नमुना परीक्षणपछि रुघाखोकी र ज्वरोको संक्रमण इन्फ्लुयन्जा ‘ए’ भाइरस रहेको प्रमाण भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणले ज्वरो र रुघाखोकीको संक्रमण इन्फ्लुयन्जा ए भाइरसकै कारण भएको देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। संक्रमण हप्ता दिनसम्म हिमाली गाउँपालिकाको बोल्डिक र स्वामिकात्तिक गाउँपालिकाको जोरूपमा फैलिएको थियो।
संक्रमणका कारण एक हजार २०० भन्दा बढी बिरामी परेका थिए। संक्रमणकै कारण दुईजनाकाे मृत्यु भएको थियो। स्वास्थ्यकर्मीले एक हप्तामा एक हजार १७० जनाको उपचार गरेका थिए।
परीक्षण गरिएका चारमध्ये दुई जनालाई इन्फुल्जा ए भाइरस देखापरेको र एकलाई इन्फ्लुयन्जा बी भाइरस पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए। संक्रमण हाल पूर्णरूपमा नियन्त्रणमा आइसकेको हिमालीका स्वास्थ्य संयोजक राज भण्डारीले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण